छात्राको प्रश्नः कहाँ छ मेरो देश ?

कविता

वर्षा सेढाईं
कक्षा १०, जेम्स स्कुल, एकलटार, काठमाडौ ।

मैले झरनालाई सोधेँ
कहाँ छ मेरो देश ?
जहाँ विश्वको दोस्रो स्थानमा छ पानी
त्यहीँ हो हाम्रो देश

मैले हिमाललाई सोधेँ
कहाँ छ मेरो देश ?
जहाँ हिमालै हिमाल छ
त्यही हो हाम्रो देश

मैले बोट विरूवालाई सोधेँ
कहाँ छ मेरो देश ?
जहाँ धेरै हरियाली छ
त्यही हो हाम्रो देश

मैले डाँफे र मुनाललाई सोधेँ
कहाँ छ मेरो देश ?
जहाँ धेरै प्रजातीका पंक्षी पाइन्छन्
त्यही हो मेरो देश

मैले तराइलाई सोधेँ
कहाँ छ मेरो देश ?
जहाँ अन्नै अन्न फल्ने भूमि छ
त्यही हो हाम्रो देश

मैले गाउँलाई सोधेँ
कहाँ छ मेरो देश ?
जहाँ स्वच्छ वातावरण पाइन्छ
त्यही हो हाम्रो देश

मैले शहरलाई सोधेँ
कहाँ छ मेरो देश ?
जहाँ धुलो र फोहोरले छोपिएको छ
त्यही हो हाम्रो देश

मैले सिंहदरबारलाई सोधेँ
कहाँ छ मेरो देश ?
जहाँ जनता खुशी छैनन्
त्यही हो हाम्रो देश
जहाँ जनता खुशी छैनन्
त्यही हो हाम्रो देश ।


(प्रिय साथी ! तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । र, कविता, कथा वा निबन्ध लेख्नुस् र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button