ए प्रेमिल आक्रमणकारी ! आऊ मेरो नजिक
कविता
बालिका थपलिया
तिमीले गाड्यौ
मेरो मुटुमा
प्रेमको त्रिशुल
अनि चोटले रन्थनिएँ म
तर घाइते खुसीले
रोमाञ्चित भएँ
संयोगवश्
म रक्तिम भएको बखत मुटुमै गुलाफ उम्रियो
र, ढकमक्क फुल्यो
ए प्रेमिल आक्रमणकारी !
आऊ मेरो नजिक
कुनै दुरी नराखी आऊ
गुलाफ सँगसँगै
आफ्नो ह्रदय गुँथेर
तिमीलाई माल्यार्पण गर्नेछु ।
…
(प्रिय साथी ! तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । र, कविता, कथा वा निबन्ध लेख्नुस् र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)
वाउ ???