साधुले पनि कुटीमा उनकै याद जपेको छ
लीला अनमोल / गजल
के गर्नु प्रेम, जसले जतन गर्दैन
यसको मिठासको दर्शन चिन्तन गर्दैन
साधुले पनि कुटीमा उनकै याद जपेको छ
फगत उनमै समाहित छ विज्ञापन गर्दैन
केही होस या नहोस एक्लै मुस्कुराउनु
प्रेम गर्नेले प्रेमको सम्मेलन गर्दैन
पल पल पागलपन हुदैन यदि भने
हो, पक्का उसले प्रेमको मनन गर्दैन