इन्टेरियर डिजाइनिङः इन्द्रेणी मात्रै होइन रहेछ रङ

प्रतिक्षा सेढाईं

पहिले लाग्थ्यो, इन्द्रेणीका सात रङ्ग नै रङ्ग हुन् । तर, जब मैले इन्टेरियर डिजाइनसम्बन्धी औपचारिक शिक्षा लिन थालेँ, तब म रङ्गभित्रको रङ्गीन दुनियाँसँग ‘रुबरु’ हुन पुगेँ । रङ्ग भिन्न किसिमका हुन्छन् ।

भन्ने गरिन्छ, रङ्गहरुको खेलले कुनै पनि वस्तुको परिभाषालाई परिवर्तित तुल्याउन सक्छ । यो कुरालाई सही माइनामा मैले तबबाट विश्वास गर्न थालेँ, जब मैले इन्टेरियर डिजाइनमा रङ्गको महत्व के हुन्छ भनेर बुझ्नलाई आफ्नो पहिलो पाइला अगाडि सारेँ । इन्टेरियर डिजाइनको अनेक पाटामध्ये एक हो रङ्ग । यो कुरा बुझ्न थालेपछि यो दुनियाँलाई हेर्ने मेरो ‘नजरिया’ नै आफै बिस्तारै परिवर्तन हुन थाल्यो ।

रङ्ग त इन्द्रेणीका सात रङ्ग मात्र कहाँ रहेछ र ? रङ्ग त हाम्रो वरिपरी रहेका र भएका हरेक वस्तुमा रहेछ । ती हरेक वस्तुका आफ्नै अनौठा विशेषता पनि रहेछन् । अनि हरेक रङ्गको आफ्नो मौलिक विशेषता त्यही वस्तुहरूले फरक(फरक ढंगले व्याख्या पनि गरिरहेका हुने रहेछन् । रङ्ग त त्यो बगिरहेको निश्छल अनि कलकल पानीमा पनि हुने रहेछ, बस् त्यसलाई हेर्ने नजरको कमी रहेछ ।

खास रङ्ग मात्र तीनवटा हुन्छन्- रातो, निलो अनि पहेंलो । मेरो किताबले मलाई यही नै सिकायो । तर, यो प्रकृतिले मलाई अनगिन्ती रङ्गसँग चिनारी दिनका लागि दिनहुँ झस्काइरहन्छ । यो प्रकृतिका अनगिन्ती रङ्ग तिनै तीन रङ्गको फरक-फरक मिश्रणले बन्छ- किताबी ज्ञान । तर, हरेक रङ्गको आफ्नो छुट्टो विशेषता पनि त हुन्छ ।

रङ्गलाई बुझ्न जब म पनि रङ्गमा हराउन थालें, तब बल्ल रङ्गको सही पहिचान बुझें । अनि म पनि भित्रिएँ रङ्गको रङ्गीन दुनियाँमा, तिनै रङ्गले बेझिझक रङ्गिनकैं लागि ।


(प्रतिक्षा इन्टिरियर डिजाइनिङका जानकार हुन् । उनी नेपालनाम्चामा नियमित लेख्छिन् । तपाईं पनि इन्टिरियर डिजाइनिङबारे लेख्नुहोस् र पठाउनुहोस्, nepalnamcha@gmail.com मा ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button