१८ वर्षमै ‘द लभ वि वान्ट’

एमिलिया सुप्रिया पालिखे लिखित उपन्यास ‘द लभ वि वान्ट’ को पोखरामा विमोचन गरिएको छ । साहित्यकार रमेश श्रेष्ठ, पोखरा उद्योग बाणिज्य संघका पूर्वाध्यक्ष विश्वशंकर पालिखे, नेपाल पत्रकार महासंघ, कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, लेखकका हजुरआमा गंगादेवी पालिखे, रेडियो अन्नपूर्णका प्रवन्ध निर्देशक सुनयना पालिखे, नागढुङ्गा युवा क्लवका अध्यक्ष विनोद लामिछानेले उपन्यास विमोचन गरेका हुन् ।

अंग्रेजी भाषामा लिखित उपन्यास विमोचन गर्दै साहित्यकार श्रेष्ठले पोखरामा नयाँ पुस्ताको साहित्यकार जन्म भएको बताए । टिन एजर्सहरुका लागि पठनिय सामग्री हुने विश्वास व्यक्त गर्दै सुनयना पालिखेले उपन्यासका कथाहरु निकै अर्थपूर्ण रहेको जनाइन् । भर्खरै १९ वर्ष टेकेकि लेखक नेपालकै कान्छी उपन्यासकार हुन सक्ने पत्रकार महासंघ अध्यक्ष दिपेन्द्रले औल्याउँदै सानै उमेरमा यति धेरै शव्दहरुसंग खेल्नु ठूलो कार्य भएको टिप्पणी गरे । नागढुङ्गा युवा क्लवका अध्यक्ष लामिछानेले एमिलियाको होष्टेमा हैंसे गर्न सदैव लागिरहने प्रतिवद्धता जनाए ।

टिन एजमा पलाउने इच्छा, चाहना, मायालगायतलाई पुस्तकमा समेट्ने कोशिस गरेको एमिलियालेले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button