रामेश्वरी पन्तको `समयको कठघराबाट एक स्त्रीको बयान´ पुरस्कृत

तुलसीचन्द्र स्मृति प्रतिष्ठान ( स्था. २०७२ ) २०८२ को नवौं पुरस्कार वितरण एवं सम्मान कार्यक्रम पूर्व सचिव युवराज पाण्डेको अध्यक्षता, मन्त्रिपरिषदका पूर्व अध्यक्ष एवं पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीको प्रमुख आतिथ्यमा वाल्मीकि विद्यापीठको सभाकक्षमा आज पुस १३ गते एक भव्य समारोह बिच सम्पन्न भयो ।

संस्थाका सचिव एवं पुरस्कारका संस्थापक हेमराज पाण्डेको स्वागत मन्तव्य, सम्मानित प्रतिभा एवं कृतिका बारेमा कवि प्रह्लाद पोखरेलले प्रकाशित पार्नुभएको थियो । सो समारोहमा कृष्णप्रसाद पन्थी सम्मानित हुनुभयो भने रामेश्वरी पन्त पुरस्कृत हुनुभयो । पन्तको कवितासङ्ग्रह `समयको कठघराबाट एक स्त्रीको बयान´लाई तुलसी-चन्द्र पुरस्कार प्रदान गरियो । प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button