पहिला म आरएनएसीको बारमा पुराना किताब बेच्थेँ

नेपालनाम्चाले सुरु गरेकाे नयाँ स्तम्भ ‘किताब’मा टंक चाैलागाईं

१. तपाईंले किताब पढ्न रुचाउन सुरु गरेको समय कहिले हो?
पहिला म आरएनएसीको बारमा पुराना किताब बेच्थेँ । त्यहि बेला हो किताबबारे थाहा पाएको । मान्छेहरुले नियमित किताब किनेर लगेको देखेर छक्क पर्थेँ । सायद ५५/५६ सालतिर होला पहिलो पटक कल्याणी धरती नेपाली अनुवाद पढेको, निकै प्रभावित भएको थिएँ ।

२. किताब पढाइले तपाईंको दैनिकीमा कस्तो भूमिका खेल्छ?
फरक फरक विधाका किताब पढ्दा कल्पनाको एउटा संसारमा रमाउन पाईन्छ । सिर्जनात्मक क्षमता बढेको छ । विभिन्न कुराहरुको कल्पनामा रमाउँदा थाक्न दिँदैन ।

३. तपाईं प्रायः कुन समयमा किताब पढ्न मन पराउनुहुन्छ? बिहान, दिउँसो कि बेलुका?
म प्राय बिहान र बेलुका पढ्छु । झोलामा बोकेका किताब जतिबेला खाली भयो उतिबेला पढ्छु ।

४. किताब पढ्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ?
पढ्न छनौट गरेका किताबका पात्रले गहिरोसँग प्रभावित पार्छन् । कुनै मन परेका कुनै किताक छन् भने ओहो मैले यसरी किन सोच्न सकिन भनेर ईर्ष्या पनि लाग्छ ।

५. कुन प्रकारका किताब तपाईंलाई मन पर्ने गर्छ, प्रेरणादायी, रमाइलो, शान्त बनाउने, सोच जगाउने आदि?
प्राय सबै विधाका किताब पढ्छु । मैले पढ्न छनौट गरेका सबै किताबमा तपाईंले भनेका सबै कुरा पाउँछु नत्र पढ्नुको मज्जा हुन्न । सबैभन्दा बढि उत्प्रेरित गर्ने हुनुपर्छ ।

६. किताब पढ्नाले तपाईंको सोच वा जीवन–दृष्टिमा कस्तो परिवर्तन ल्याएको छ?
नाटकका लागि चाहिने दृश्यहरु, पात्रहरू भेटिएका छन् । कुनै बेला पढेको माईक्रोसफ्टदेखि बाहुन डाँडासम्म र ह्ययारी पोर्टरका सिरिजले म पनि यस्तै समाज सेवा गर्छु भनेर समूह खोलिएको वा लेखक बन्छु भनेर जिरो कटेज उपन्यास लेखेको हो । यस्ता अनेक प्रसङ्ग छन् ।

७. नियमित रूपमा किताब पढ्ने बानी बनाउन तपाईंले कस्तो विधि अपनाउनुहुन्छ?
सिरानीमा किताब राखेर बिहान उठेपछि र सुत्नअघिको समयमा पढ्छु । झोलामा किताब बोकेर हिँड्छु र समय निक्लिने बित्तिकै पढ्छु ।

८. किताब पढ्दा तपाईंले सामना गर्ने मुख्य चुनौती के हो?
सबै किताब पढिँदैन । छानेको किताब पढ्न खासै चुनौती हुन्न । अङ्ग्रेजी भाषाको पहुँच काम चलाउ मात्रै हो । अहिले निजि विद्यालयहरुमा अङ्ग्रेजी किताबहरु देखेर सारै लोभ लाग्छ ।

९. तपाईंले पढेको कुराले अरूसँग कुराकानी वा विचार–विनिमय गर्न कत्तिको प्रेरित गर्छ?
आफुले पढेको किताबबारे पुगेको हरेक स्कुलमा सथीहरुसँग छलफल गर्छाैं । स्कुलमै घुम्ने हुनाले प्राय पढ्ने साथीहरू नै भेटिनु हुन्छ ।

१०. किताब पढ्न सुरु गर्न चाहने नयाँ पाठकलाई तपाईंको सरल सुझाव के हो?
अहिलेका पाठक मभन्दा चलाख छन् । मेरो सुझाव के मान्लान् र !

११. आजको व्यस्त र डिजिटल जीवनशैलीमा पनि किताब पढाइ किन महत्वपूर्ण छ भनेर तपाईं कसरी बुझाउनुहुन्छ?
दुबैका फाइदा बेफाइदा छन् । डिजिटलमा रम्ने बानीले मेरो पनि पठ्न घढेको छ । छापिएका आफुलाई मन पर्ने विधाका किताब बोकेर हिँड्दा सजिलो होला । साँच्चिकै पठनशैली चाहिँ किताब समाउँदानै बढ्छ । डिजिटल उपकरणमा पढ्दा ध्यान अरु कुरा सँगसँगै चलाउन मन लाग्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button