कविताः यो कस्तो जमाना !

सुरेशमान उलक

हजारभन्दा लाख,
लाखभन्दा करोड नै प्यारो छ सबैलाई
जन्म दिने आमाबुवाभन्दा
आफ्नै संसार प्यारो छ जमाना
एउटाले पुगेन यो रास्ट्रमा
हजार राजा जन्मायौ
पछुटो छ अब सबैलाई
हातखुटा बाधेर बस्नु परेको छ
सारा नेपाली, यो कस्तो जमाना

सपनामा पनि बर्बराउन थाल्यो यो शरीर
कस्तो समस्या परेको सबैलाई
न त रुनसक्यो, न त हाँस्नसक्यो
कस्तो ल्याए कुलाङारहरुको जमाना
न आफ्नो भेष चिन्छ
न आफ्नै देसको संस्कार
विदेशीनु नै मन पर्छ सबैलाई

गाउँको जीवन शैलीभन्दा
शहर रमाईलो सबैलाई
आफ्नो जन्मेको देश छोडी
रोजिरोटिको लागि विदेशिनु पर्ने कस्तो जमाना
मरुभुमिमा विशाल शहर बनायो
खाडी रास्ट्रहरुले चकित बनायो सबैलाई
अथाहा प्रकृति स्रोत भएको हाम्रो देश
टुलुटुलु हेर्नेबाहेक कस्तो जमाना

मल्लकालमा बनायो सम्पदा नै सम्पदा
नेपाल देश चिनायो सबैलाई
राणाकालमा बेलायती शैलीमा भवन बन्यो
त्यो पनि जमाना
सिमित व्यक्तिहरुको मात्र हालिमुलीले
चकित बनायो सवैलाई
सोच्ने बेला भएन र भन्ने फेरिनु पर्यो
सबै मिली पुरानै जमाना

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button