घोप्टे युग: प्रेम ‘मिस यु’ र ‘सि यु सुन’मा अल्झेको छ

सुशील लामा

सन्नाटाको बादलले ढाकेको
रोदिघरको बलेंसीहरु
खरी झरेर बुढो भएको मादल
टुटेको, फुटेको अधवैंसे बाँसुरी र मुरलि
बत्तिस किला खुस्केर थोते भएको पुरानो डम्फु
बा-आमा गुमाएका
सहाराबिहिनको टुहुरा जस्तै
सुने, मुने, जुने कम्मर मर्काएर
बिर्सेको छ नाँच्न
कुईँनेटोमा कान्छि कुरि बस्ने कान्छा
वषन्तलाई पर्खी बसेको बेलि-चमेलि
घोप्टे युगको सेतो बादल बसेको आकाशमा
लेखी पठाउने खबरले
भेटहरु छुटेको छ ।
प्रेमहरु बिच बाटोमै बिछोडिएको छ ।
ओठमा फक्रीने मृदु मुस्कान हरुमा
खडेरी परेर
फुलहरु आगो बनेर बल्दैछ ।
बिर्सदैं गएको छ आदिम जुग
मान्छे बिगार्ने घोप्टे युग !

नजिकको आफ्नाहरु भएका छन् बिरानो
बिरानोको अन्जानहरु बन्दैछ सहारा
आफ्नै कोठा एकलास निरस निर्जन
घोटे युगको एक हुल मान्छेहरु
काँचको फ्रेमभित्र
जीवन आदर्शको बखान गाँऊदैछ
जिबन उपहार दिएको
बा-आमा
एउटै घरमा बसेको मान्छेहरुसँग
भेटेर बहकिदै बोल्न झ्याउ मान्छन् ।
म्यासेन्जरबाटै हाई हलो भन्न रुचाउँछन्
घर परदेश जस्तो भएको छ ।
एकले अर्कोमा बाड्ने प्रेम
घोप्टे युगको पर्दामा
“मिस यु” र “सियु सुन”मा अल्झेको छ
भुल्न खोज्दैछ, सुख-दु:ख
मान्छेलाई एक्लै बनाउदै गरेको
डरलाग्दो घोप्टे युग !

घोप्टे युगको प्रारम्भले
भेटेर सहानुभूति दिनुपर्ने बिरामिलाई
“गेट वेल सुन” मा राखे सिमित
साश्वत मृत्यु अंगालेर जिन्दगीबाट मुक्ति लिएर
ढलेको जुनिको मलामी बनी
घाटसम्म पुग्नु पर्नेहरु
“रेष्ट ईन पिस” लेखेर
संम्बन्धको कालो काँच्चो धागो छिनाए
फुक्का हुँदैछ
बर्णन गर्न मुस्किल
घोप्टे युग !
शिर ठाडो बनाएर हिड्ने बानी बिगारेको छ
मुन्टो निहुँरिएको छ
हेर्नेलाई देखाउने होडबाजीमा
आफू नांगेको छ
चरीत्र नदेख्ने क्यामारामा बासी
फिल्टल भएको अनुहारले
सरलक्क नैतिक मर्यादा निलेको छ
बगर खोलाको बाँधमा पौडिन भुलेको छ
गुलेलि मट्याङ्ग्रा बोकि जंगल धाउन बिर्सेको छ
डन्डिबियोँ- लुकमारी खेल्न छोडेको छ
पब्जि र क्याण्डिक्रस घोप्टे खेलको जितमा
अमर र भक्तीको जस्तै
बिरता खोजी गर्दैछ
खै बिज्ञानले सृष्टि गरेको कस्तो जुग
राम्रो हो कि नराम्रो
मान्छेलाई एकलकाँट्टे बनाउने
घोप्टे युग !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button