‘छोरी’ कविताः चल्दैन रे

इन्दिरा देवकोटा

छोरी पराइ धन अरे, पिण्ड पानी चल्दैन रे
दिए दागवत्ती छोरीले, चिताको लासै जल्दैन रे

वंश धान्ने छोरा केवल, छोरीले धान्दैन रे
छोरा सन्तान मान्छ समाज, छोरीलाई मान्दैन रे

काजक्रिया गर्न छोरा किन्न पाइन्छ रे
ढलेको लास बोक्न छोरा नै चाहिन्छ रे

सन्तान आफ्नै हो तर छुन पाउँदैन रे
स्वर्गको बाटो रोकिन्छ रे छोरीले क्रिया गरे

अहो ! कस्तो विभेद, आफ्नै सन्तानमा पनि
मुखमा मात्र, समाजको २१ औ शताब्दी भनी !

कपिलवस्तु न.पा. ३

(प्रिय साथी !
तपाईं पनि कविता, कथा, निबन्ध वा जीवनका आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरु लेखेर नेपालनाम्चाको इमेल
nepalnamcha@gmail.com मा पठाउनुस् । तपाईं हामी मिलेर केही गरौं ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button