
‘श्री-संस्कृति’ स्तम्भकार पौड्याललाई कलिङ अन्तर्राष्ट्रिय साहित्य पुरस्कार
नेपाली साहित्य, कला र संस्कृतिमा पु-याएको योगदानको सम्मानमा संस्कृतिविद् तथा लेखक प्रा. डा. वीणा पौड्याललाई ‘कलिङ्ग अन्तर्राष्ट्रिय साहित्य पुरस्कार’ प्रदान गरिएको छ । भारतको भुवनेश्वर, ओडिसामा भएको १० औं कलिङ साहित्य महोत्सवको उद्घाटन समारोहमा पद्मविभूषण सीताकान्त महापात्रा र प्रख्यात लेखक अमिश त्रिपाठीबाट उनले पुरस्कार ग्रहण गरेकी हुन् ।
संस्कृतिलाई केन्द्रमा राखेर प्रा.डा. वीणा पौड्यालले विविध विषयमा डेढ दर्जन गहकिला पुस्तक लेखेकी छिन् । ४० बर्षभन्दा बढी समय संस्कृति, पुरातत्व र इतिहास पढाएकी वीणाले हजारौंहजार ‘काबिल’ विद्यार्थी उत्पादन गरिसकेकी छिन् । त्यतिमात्र होइन, झन्डै दुई दर्जन विद्यार्थीले उनकै ‘गाइडेन्स’मा विद्यावारिधी गरिसकेका छन् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)