कविताः देश ठुलो कि भोक ?
सुमन घिमिरे
जब एउटा नागरिक
आफ्नै देशमा
अनागरिक हुन बाध्य हुन्छ
त्यो बेला
उसले
देश के हो जान्दैन
देशले के दियो सोच्दैन
अनि
देशलाई के दिएँ पनि सोच्दैन ।
उ सिर्फ खोज्छ
देशबाट बहिर्गमन हुने बाटो
अनि
अनेक हण्डर ठक्कर खाँदै पुग्छ
कता कता
जहाँ आफ्ना भन्ने कोही पनि हुँदैनन्
जहाँ उसलाई
अनागरिक हुनु पनि
नागरिक भए सरह नै हुन्छ ।
देश छाडेपछि
उसका मनमा बारम्बार
यस्तो प्रश्न तेर्सिन्छ
आखिर
देश ठुलो कि भोक ?
…
(प्रिय साथी !
तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई कविता, कथा, निबन्ध वा अन्य कुनै पनि विधामा रचनात्मक रुपले लेख्नुस् । र, पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)