म पनि प्रकाशक खोज्दैछु

सरमान सुब्बा ‘रसिक ‘

म पनि प्रकाशक खोज्दैछु
आफ्नो पुस्तक छपाउन
लागेको छु आजदेखि मन्त्रीज्युको पछि
लुखुर लुखुर झिंगा धपाउन।

पुस्तक छापिए पछि सम्मान त
कति हो कति थापिन्छ
आलोचना गर्नेले गरी रहुन
नाथे! आलोचनाले के नापिन्छ।

सानो तिनो अभिनन्दन हुँदै गर्छ
ठुलो पुरस्कार मागेरै थापिन्छ
प्रकाशक पाएँ भने त अझ
बासी रचनाहरु बटुलेर छापिन्छ ।
भन्नेले भन्दै गर्छ नि
भनेर के पो नापिन्छ।

कार्यक्रममा निमन्त्रणा आए
अघिल्लो पंक्तिको सीट चाहिन्छ
भी आई पी को छेवैमा बसेर
काजु बदाम के के छ खाइन्छ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button