तिमीलाई फुर्सद भए मलाई हेरिदेऊ

सम्झना बस्नेत

सोच्दछु,
बर्षामा भिज्दै इन्द्रलाई तिम्रो नाम सुनैदिम्
तिम्रो त्यो आवाजको तारिफ गर्दै बर्षको अगाडि केही गुनगुनैदिम्
गगन जब कड्किन थाल्छ, तिम्रो तस्बिर देखाउँदै शान्त बनैदिम् ।

नरचिएको प्रेमकहानी थियो, तर सबै भन्दा रूहनी पनि त थियो
तिम्रो रूप, रंग, गुण, आनी बानीमा पागल थिएँ
त्यही पागलपनको शीर्षषक पनि त प्रेम नै थियो
सपनीमा आई बोलाइ दिन्थियौ,
त्यही सपनालाई विपना बनाउने एउटा सपना पनि त थियो ।

सुन्दरताले कोरिएको तिम्रो त्यो चरित्र
त्यसैमा दाग नलागोस् बन्ने डर पनि त थियो
भरखरै फुलेका ई बैसका फूल तिम्रै लागि साचौला
तिमीले नटिपे ओलाइजने अठोट, समर्पण न थियो ।

समयले टाढा बनाइदियो,
के छ र तिमीलाई फुर्सद भए मलाई हेरिदेऊ
समयको खेललाई लत्याएर तिमी कहाँ आउने छु
मेरो नाम नै पुकारी देऊ
मेरो सारा जीवन तिमीलाई सुम्पिने छु
केही दिन मिली हाल्यो भने
आहा१ अरु के चाहियो र मलाई ,
ब्रह्माण्ड लाई भुली तिम्रो हुने छु

अनि नमिले समय मलाई सुम्पिने
फर्कने झुटो आशा देखाइदेउ
के छ र, त्यही आशालाई सिद्धान्त बनाउला
आँसु आए कुनै दिन, वर्षामा रुझौला
गगन संगै करौला, अनि पुन अर्को वर्षातको प्रतीक्षा गरौंला
आहा१ तिम्रो प्रतिक्षामा बिताएका हरेक पल
तिम्रै काल्पनिक सम्झनामा दिन हरु काटौला ।

एक नया प्रेम कहानीको थालनी गर्ने इच्छा नै त थियो
फेरि श्रिशक दिएसी काहनि कै अन्त्य पनि त भयो
ूप्रत्येक पानामा तिम्रो मेरो सम्झना सजालौलाू
तर, पानामा तिम्रो र उसको कहानी पो छापियो
कहानी लेख्ने रहर गरेकी थिए मुख्य पात्र बनी
अनि हेर मेरो भाग्य
कलम नै मबाट खोसियो
तर के छ र,
सजाउला तिम्रै सपना
दुबौला कल्पनाकै संसारमा
एक पाठक बनी पढौला तिम्रो कथा
लेखक कोही अरुदेखि भकानो छुट्ला
अनि, तिम्रो मुस्कराएको तस्बिर देखी
समालौला आफूलाई, कुनै दिन भेट्ने झुटो आशा बोकी ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button