के म गुरु हुँ ?

सुमन घिसिङ
मण्डन देउपुर, काभ्रे

उसका प्रिय शिष्यका
ह्यप्पी टिचर्स डे सर
भन्ने संदेशले सोच्न बाध्य गराउँछ उसलाई
के म टिचर हुँ अथवा गुरु
गुरु भनेको के हो ?
उसले हजारौं किताब पढ्यो
हजारौं परिभाषा सुने तैपनि
ऊ आज अर्थहिन छ
अबोध बालक झैँ
पूर्णिमाको जुनकीरी झैँ
म गुरु कि शिष्य ?
शिष्य हुँ भने किन पाए गुरुको दर्जा ?
गुरु हुँ भने किन घोकिरहनुपरेको
बिना अर्थका पाठहरु
म गुरु हुँ किनभने गाली गरेर
गाली खाना पाएको छु
म गुरु हुँ किनभने भित्रभित्र जलेर बाहिर समुन्द्र देखाउनु परेको छ
खिन्न मन बोकेर हाँस्नुपरेको छ
आफैंलाई चित्त नबुझेका ढुङ्गेलाई
विद्वान, आदर्श बताउनुपरेको छ
ऊ कहिलेकाहीँ बिचलित हुन्छ
साम, दाम, दण्ड, भेदले पनि
नछुइएको शिष्य सम्झेर
३० सेकेन्डको सामान्य अबोध निर्णयले
अपमानित भएको सम्झेर
फेल भएको शिष्यको माता पिताको
गुनासो सम्झेर
फेरि प्रश्न गर्छ
के म गुरु हुँ ?
याद आउँछ उसलाई
अन्तिम बेन्चमा खिन्नतामा बस्दा
एक्लै बोलाएर कारण सोधी
सन्त्वना दिने सरको
केही वर्षपछि सधैं पिट्ने बेइज्जत गर्ने
सरले विद्यार्थी हुनु त तिमी जस्तो हुनु
भनी प्रशंसा गरेको
परिपक्वता स्वच्छतामा बोध गरे
उसलाई पिटेको हैन रहेछ
शरीरलाई पीडा पनि सहनुपर्छ
भनी सिकाएको रहेछ
बेइज्जत, गाली होइन आशीर्वाद,
अनुशासन व्याङ्ग्यको पाठ रहेछ
फेरि याद आउँछ उसलाई
कक्षामा हल्ला गरेको निहुँमा गाली गर्दा
शिक्षकको बदनाम गर्ने साथीको
आज जिउँदै मरेर
पछुतोमा छ रे साथी
कल्पन्छ एकपटक
यदि मै पनि
त्यही मार्गमा लागेको भए ?
के यहाँ हुने थिएँ म ?
बुझेँ बुझेँ गुरु गुरु नै हुन्
मलाई नि बन्नुछ एक असल गुरु
पठाउँछ उसले शिष्यलाई
तिमी पनि गुरु बन्नु ल
ज्ञात ,अज्ञात तमाम गुरुमा मङ्ल भव :


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button