भाे ! नखाेज मलाई

मिरा पुडासैनी

नखाेज तिमी मलाई
भेट्ने छैनाैं सजिलै
छिचाल्नै नसक्ने खै कस्ताे भिडमा
कहाँ नीर छु भनी आफैलाई खाेज्दै छु प्रिय,
साथी सङ्गी बन्धु बान्धव, हराएछु भन्छन सबैले
गुलाफकाे फुल जस्तै भएकाे छु आजकल,
भन्नलाई त सबैले आहा भन्छन् तर
आफ्नै बाेटका काडाँबाट जाेगिएर फुल्न धेरै गार्हाे
त्यसैले तिमी नखाेज मलाई बगैंचामा पनि
म चहान्न तिमीलाई मेरै काडाँहरूले घाेचुन
जूनकाे उज्यालाेमा पनि नखाेज मलाई
देख्ने छैनाैं सजिलै धुमिल हुँदै गएकाे आकृति
ओैशीकाे रात जूनकाे उज्यालाेले कहाँ उजेलिईन्छ र ?
विशाल तारामण्डलमा लामपुछ्रे तारा झैं
आफ्नै हुँ भन्नेहरूका मनबाट बिस्तापित भईरहेछु
त्यसैले नखाेज तिमी मलाई,
समुन्द्रकाे गहिराईमा पनि मणि सम्झिएर
म त दर्सन ढुङ्गा भन्दापनि कठाेर भएकिछु
आफ्ना भन्नेले दिएका कति दुखाईहरूले
परिवर्तित मेरा स्वरूपहरू मेरा रहर पक्कै हैनन्
न्युटन्सका “क्रियाका नियमित प्रतिक्रिया”मात्र हुन् कि
कुन रूपमा खाेजेका हाैं तिमीले ?
तिमीले खाेज्दैमा म तिमीजस्तै कहाँ भेटिन्छु र,
हाे तिमी मलाई जस्ताे रूपमा हेर्न चहान्छाैं,
आफूपनि त्यस्तै नै बन्नुपर्नेछ ।
आफ्नाे धरातलकाे राम्राे ज्ञान छ मलाई
फेदैदेखि पलाएकाे मान्छे हुँ म,
सुखमा मात्तिन्न अनि दुःखमा आत्तिन्न पनि
किनकि विश्वास छ मलाई कसैले उखेले पनि
नयाँ ठाउँमा नै गएर राेपिनेछु,
यदि कसैले टुप्पैबाट काटेछ भने पनि पुन: पलाउनेछु
त्यसैले भ्रममा नखाेज मलाई, तन्द्रामा नखाेज
म त सत्य हुँ, म त नित्य हुँ
तिमीले चाहें जस्ताे भेटिनेछैन म
मनकाे आखाँले हेर्छाैं भने, म जस्तै भेट्नेछाैं
दाेषी चस्माले हेर्छाैं भने तिमी जस्तै देख्नेछाैं
त्यसैले तिमी नखाेज मलाई बाहिरी आखाँले
मनकाे सुन्दर आखाँले खाेज म पक्कै भेटिनेछु
मनकाे आखाँले खाेज मलाई यत्रतत्र भेटिनेछु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button