जीवनमा धन, मनमा डर किन चाहियो ?

भावना कटवाल
सुनकोसी, ओखलढुंगा

लाज ढाक्ने नाना पेट भर्ने खाना
शितरहित छाना त्यही नै ठूलो भो
जीवनमा धन मनमा डर किन चाहियो ?

हृदय ठूलो झुपडी सानो जीवनको धन भो
दरिद्र नर भनेर भन्नू त्यो तिम्रो भुल भो
मनमा धन परिवारको खुसी त्यही नै ठूलो भो
जिवनमा धन मनमा डर किन चाहियो?

बचनका वाण तेर्साइ रहदा महसुस गरे भो
समयले सधै एउटै घुम्टो नओड्ला जानी राखे भो
घमण्डको खेती मौलाउनु त्यो तिम्रो भुल भो
जीवनमा धन मनमा डर किन चाहियो?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button