
तिमी मन पर्छ कसरी भनुँ म ?
पवन कुमार बुढाथेाकी
कसरी भनुँ म तिमी मन पर्छ भनेर
तिम्रो आगमनले दिल भर्छ भनेर !
तिमी जताजता फर्किन्छेउ नि प्रीया
उतैतिर मेरा दुबै आँखा सर्छ भनेर !
तिम्रा सुन्दर बान्की परेको रूप तर्फ नै
मेरा अतृप्त रहर र इच्छ्या चर्छ भनेर !
अरु ले जति जे पस्केनि मन खाँदैन
तिम्रै मधुर मुस्कानले सबै गर्छ भनेर !
अन्यत्र मेरो रुचि जाँदैन भन्छु प्रीया
तिम्रो मुस्कानले नै खुराक टर्छ भनेर !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)