छोरीको बयानः बुबाको काँधमा म सबैभन्दा अग्लो मान्छे

निरन्तरतामा हजुर

मुना पौडेल

म सधैंभरी त्यो काँधको कदर गर्न सकुँ
जुन काँधमा कुनै दिन म बसेर
मेरो खुट्टा हल्लाउँदा
मैले थाहा पाएकी थिएँ
यदि सधैंभरि मसँग मेरो बुबाको काँध हुने भए
म सधैंभरी गाउँकै सबैभन्दा अग्लो मान्छे हुने छु ।

म सधैंभरी त्यो हातको कदर गर्न सकुँ
जुन फुटेका हुन्थे अरे मैले लेख्ने ग्राफकापीका धर्काजस्तै
तिनै हातको सहारा लिँदा मैले थाहा पाएकी थिएँ
यदि सधैंभरी मसँग मेरो बाबाको हात हुने भए
म गाउँकै सबैभन्दा अब्बल मान्छे रहने छु ।

संगीतको क्षेत्रबाट टाढा मेरो बाबाले गाएका
ती लोहोरीको पनि कदर गर्न सकुँ
जसका एकएक शब्दको गहिरो अर्थ हुन्थ्यो अरे
जुन सुन्दै सुत्दै गर्दा मैले थाहा पाएकी थिएँ
क्षमतावान संगीतको क्षमता
स्लिपिङ ट्याबलेटको भन्दा सयौं गुणा बढी हुने गर्थ्यो ।

म त्यो पसिनाको पनि कदर गर्न सकुँ
जुन पसिनामा अमिलो तर निस्वार्थपनको भाव हुन्थ्यो अरे
जसको स्वाद मलाई भन्दा राम्रोसँग मेरो बाबालाई थाहा छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button