जीवन नामक लखतरान यात्राको योद्धा

हराएको यात्री

कशिस दाहाल

जीवन नामक लखतरान
यात्राको योद्धा तिमी,
आज आफ्नै राणभुमिमा
हारेको छौ,
आफुले बिछायको शतरंजको
खेलसँग आफै डराएको छौ ।

कुनै बेला इन्द्रेणीझै रङ्गिबिरङ्गी
सपना देख्ने तिमी,
आज त्यो सपनापछीको दौडमा
आफैलाइ गुमाएको छौ,
मुठी कसेर अघि बड्दा,
विपनीको अधेरिमा आफै टोलाएको छौ ।

साच्चै अविस्मरणीय छ नी कथा यात्रा अनि यात्रीको –

दोबाटोमा उभिएर आत्तिएको तिमी,
काडैकाडाको संघर्ष संग नडराउनु है ।

गन्तव्यको चिन्ताले हतासिएको तिमी,
हिमालझै दृढ़ताबाट नडगमगाउनु है ।

शुन्यताको भयले भागेको तिमी,
आफ्नै उर्जा ननिभाउनु है ।

यद्यपि हराउनु नै छ भने तिमी,
केवल आफुमै हराउनु है ।।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button