
नक्से राजनीति !
ऋषभदेव घिमिरे, गोदावरी
सुन्दै छु समाचार
हेर्दै छु छिमेकीतिर
नयाँ बनेको संसद भवनको भित्तो
नियतमा कुनियत राखेर हो वा अज्ञानता
अखण्ड भारतको नक्सामा
उसले पनि लेखेछ मेरो प्यारो
नेपालको लुम्बिनी र कपिलवस्तु
लेखोस्, टागोस्
सजाओस् नेपालका सबै अञ्चल
जिल्ला गाउँ
पधेरो, चौतारो र मन्दिर
खोट छ भने खबरदार !
गिद्देदृष्टि हो भने
फुटाउने छु मेरो कलमले शत्रुको आँखा
कुटनैतिक मर्यादा नजाने हो भने
आउ सिकाउँछु
सम्यक ज्ञान
पासा फालेका हौ भने
होसियार !
त्यहीँ पासोमा पारेर गर्नेछु तिम्रो सिकार
ए यात्रामा जाने यात्रुहरू हो !
भनी दिनु छिमेकी शासकलाई
तिमी नकाम निस्कियौ
सैह्य छैन तिम्रो नक्से राजनीति !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)