पाँच पोखरी र किस्युङ पोखरीलाई छातीमा राखेर नढाँटी भन्दैछु, ‘आई लभ यु’

पीडाबोध

सरमान सुब्बा ‘रसिक’

हिजोदेखि नै हो
कुइरोहरु आक्रोशित भएर
असिनाको बुलेट प्रहार गरेदेखि
खोलाले बौलाहा गीत सुनायो
बगरको छातीमाथि टेकेर
बुरुक बुरुक उफ्रिँदै
रक स्टारको भाव भङ्गीमा….
सुनी रहें म मौन दर्शक
खोलाको गीत
बगर हुनुको पीडाबोध बोकेर।
ओई मायालमीत
बुझिस के कनका नदीको गीत?

जिन्दगी कति धराब छ हगी
जसरी समय पनि उस्तै खराब छ
माम्ताम पोखरीमाथि
लमटन्न तेर्सिएको फड्के जस्तै
तरै पनि थलुङ गुम्बालाई साक्षी राखेर
पाँच पोखरी र किस्युङ पोखरीलाई छातीमा राखेर
नढाँटी भन्दैछु-
‘आई लभ यु’
सँधै सँधैलाई ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button