पैसा पैसा भन्दाभन्दै प्राणै फाल्न तयार
लीलाराज दाहाल
वागमती ११, कर्मैया, सर्लाही
सुँगुर, मच्छर, फोहोर अनि गरम मर्त्यलोकमा
बाटाभरि रछ्यान मात्रै शरम मर्त्यलोकमा !
आँखाभरि आक्रोशको बाल्दा रैछन् आगो
नभेटिने कोही मानिस नरम मर्त्यलोकमा !
मागे जति दाइजोहरु नपाउँदासम्म
बुहारीको घाँटी रेट्नु धरम मर्त्यलोकमा !
पैसा पैसा भन्दाभन्दै प्राणै फाल्न तयार
दुरुपयोग छ धनजनको चरम मर्त्यलोकमा !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)