
आफ्नै इमान बेचेर बेइमान बनेको छु

गजल
एक्लो प्रितम खड्का
तिलोत्तमा -०९ रुपन्देही
घिडकिसोमा अल्झि कोहिको परान बनेको छु,
आफ्नै इमान बेचेर म बेइमान बनेको छु!!
कारण त बन्न सकेँ हाँसो होस या रोदनको
तिरस्कारले पुजिएको मसान बनेको छु !!
बरालिने तनमन कहिल्यै गलत हुँदै होइन
प्रेमको छहारीमा आज अनुदान बनेको छु!!
भाको एउटा चरित्रलाई धितो राखी बजारमा
लिलाम भएपछि आजकल अन्जान बनेको छु!!
टुकिमुनि उज्यालोको प्रतीक्षामा टोलाउँदै
पुष्पविहिन उराठिलो बगान बनेको छु !!
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



