निदाउने छु म एक दिन गहिरो निन्द्रामा

जय महतो
बाह्रदशी-३ झापा

निदाउने छु म एक दिन
गहिरो निन्द्रामा
न बिहानीको घामले पोल्ने छ
न रातको अधेरीले नै छेक्ने छ
गहिरो निन्द्रामा भएर होला
न पराईले बोलाउदा
म उठ्ने छु
म आफन्तले घच्घचयाउदा म ब्यझने छु
म त गहिरो निन्द्रामा हुनेछु

हुन्छु सबैको नजरमा हुन त
भएर पनि,
म लडेको मुडा झै लडिरहेको हुनेछु
शरिर छाडि
म कतै लिप्त हुनेछु
सबैको नजरमा भ्रम पारी
म कतै विलिन हुनेछु।

रूने रून्छन
कराउने कराउछन
कठै, बिचार
मेरा बाबा, मेरा छोरा
उठ न भन्दै
आफन्तले हद पार पनि गर्ने छन
आँखामा सामुद्रिक लहर पनि आउला
तर
म ढिट बोकेको मान्छे
म गहिरो निन्द्रामै हुनेछु
शरिर छाडि
सबैलाई रूवाइ
म कतै हाँसिरहने छु।।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button