
तिमी नभए म रहन्न एक्लै, छैन म पनि तिमीभन्दा बेग्लै

लक्ष्मी मैनाली पाठक
बिहानी सूर्योदयलाई अर्घा दिँदै
सूर्य जस्तै चम्कियोस् भन्छ्यौ
पवित्र मनले आराधना गर्दै
मागेको पुग्छ इश्वर हो ठान्छ्यौ ।
कति माग्छ्यौ हे प्रिय मान्छे
तिम्रो लागि माग्दैनौ त किन ?
कति गर्छ्यौ भाकल देवताहरु
भन्छ्यौ मलाई नै खुशी मिल्न ।
प्रिय मेरो खुशी तिमी हौ नि
तिमी नभए म रहन्न कि एक्लै ?
तिम्रै खुशी माग्छु म पनि सँधै
छैन म पनि तिमीभन्दा बेग्लै ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)