नेपाली चाडवाडको ‘सोनिया’ काव्य
कविता
सोनिया भुसाल
१.
चाडबाड मनाउँछौ धेरै नै छन् हाम्रा ।
एउटा एउटा कथन जोडी बनाएका राम्रा ।।
तिज मनाई चेलिवेटी माइत फर्काउने ।
तिहारमा दाजु भाइ बीच माया दर्शाउने ।।
२.
असत्यलाई दवाँउदै सत्यको छ विजयी ।
सत्यको विजयीमा लगाउ टीका रमाई ।।
त्यही नै हो ठुलो पर्व भन्छन् त्यसलाई दशै ।
टाढा गएका घरमा आउँदा हुँदो रहेछ वेशै।।
३.
कहिले आउँछ होली पर्व होलिकाको दहन ।
चैते दशै आउँछ फेरि कति गरौँ वर्णन ।।
संस्कार पनि कति राम्रा नामकरण हुन्छ ।
बिर्सने पो हुन कि भनी यो मन मेरो रून्छ ।।
४.
लुतो फाल्ने भन्छन् फेरि हुन्छ कहिले कहिले ।
केही न केही पर्व हामी मनाउँछौ नि जहिले ।।
लोसार र न्वागि खाने माघी भन्छन् कहिले ।
फरक जाति मिली बस्छौ चाड मनाउँछौ जहिले ।।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)