कविताः म र मेरो भगवान

समीप कुलुङ

म भगवान मान्दछु
त्यसैले उनीसित डराउँदिन
म भगवानलाई प्रेम गर्दछु
त्यसैले उनीसित डराउँदिन
एकिन छ, मेरो भगवानले
मलाई मान्दैनन्, तर चिन्छन्
भगवानले प्रेम अवश्य गर्छन्
डराउनु पर्दैन जोसित प्रेम हुन्छ ।

फेरि,
सम्मान छ भगवानप्रति
प्रणाम ! छ कोटिकोटि
मेरो भगवानलाई

म त अनेक अनेकमा सम्झन्छु
जितमा-हारमा
सुखमा-दुस्खमा
मानमा-अपमानमा
हाँसोमा-रोधनमा

त्यसैले,
श्राप दिए पनि
पाप सोचे पनि
रिस गरे पनि
त्राश दिए पनि
स्वीकार छ मलाई

किनभने,
उनले दिने त्यो
श्राप, त्रासभन्दा
उनले सोच्ने त्यो
पाप, रिसभन्दा
माथी छ त्यो प्रेम
जो भगवानले मलाई गर्दछन्

अचेत मन ‘समीप’ शरण पर्दछ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button