जिन्दगीमा अपजस आए सवाल अनि ववाल गर्नुपर्छ

मञ्जुश्री पौडेल

संघर्षको असफल जीवन
समय परिवर्तनशिल छ, सहन गाह्रो होला
तर पनि रातपछि दिन आउँछ, यो त सत्य होला
तक्दिर त भगवानले लेखेको हुने रहेछ
यदि आमाले लेखिदिएको भए भाग्य सुन्दर हुन्थ्यो होला ।

समय सधै बलियो हुन्छ भन्ने थियो
तर यो समयभित्र कति धेरै कदम थियो
म त एउटा गाताभित्रको किताब थिएँ
तर किताब खोलेर पढ्ने को थिए ?

मेरो संसार उजाडिएको हेरेर रमाउने धेरै भए
यथार्थमा यो जीवन कथाका पाना भए
हारेको जिन्दगी, पोखरीमा ऊफ्रिएको छाल जस्तो रमाइलो हुन्छ
तर दुनियालाई थाहा होला, त्यही छालले हानेको ढुङ्गा बलियो र सुन्दर हुन्छ ।

जमाना बदलिएर होला, रगतका नाता पनि पराइ हुने रैछन्
कमजोर भए हेप्ने अनि क्षमतवान भए खुट्टा तान्ने रैछन्
सोझो र इमान्दार मनको त उनीहरूलाइ कदर नै छैन
दिमाग चलाएर भए पनि आफूमाथि पर्न कुनै कसुर नै छैन ।

कति कुरा नसुने झै अनि कति कुरा नदेखेझै गर्नुपर्छ
इमान्दारले चलाएको जिन्दगीमा अपजस आए सवाल अनि ववाल गर्नुपर्छ
दिलमा खत पर्यो अनि दिल जोगाउन केही कुराको लत पर्यो
निर्धक्क विश्वास गरेकाले आँखा खोलिदिन्छ, यहि कुराको मलाई घत पर्यो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button