
आमा हुँदा न कुनै पीर थियो, आमा हुँदा नै मन थिर थियो

आमा
राजकुमार कार्की
मे न पा १५, झापा
आमा हुँदा न कुनै पीर थियो
आमा हुँदा नै मन थिर थियो
आमाले संसार नै ढाक्नु हुन्थ्यो
सन्तानलाई आफ्नो शिर थियो ।
जब आमाले संसार छोड्नु भो
भौतिक शरीर पनि तोड्नु भो
सन्तानलाई मायाको नाता दिँदै
सधैँको लागि नै टाढा हिँड्नु भो ।
आफ्नो पनि त्यही जाने बाटो नै
कोही छैन है आमाको साटो नै
पक्कै भेट्न आउने नै छु आमा
फुकाइ सांसारिक यो गाँठो नै ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)