हरिकी आमा ! निन्द्रा पुग्ने गरी सुतेकी हौ नि ?

ह्यापी भालेन्टाईन !

मोहन के श्रेष्ठ

हरिकी आमा …
निन्द्रा पुग्ने गरि सुतेकी हौ नि ?

दुध दुहिसकें
तिमी चिया बनाउनु
चिया खाईसके पछि
एक छिन म खेताला भन्न जान्छु
चामल कुटेको छदैछ,
खाना खाईबरी खेत जोट्न जानू छ
तिमी दिउँसो मात्र खाजा बनाएर आउनु खेतां
तिम्रो हातले बनेको मीठो रोटी खाउंला
टोपीले पसिना म आफै पुच्छु
तिमी अलि कति सघाईदेउ मात्र
घाम डुब्ने सम्ममा काम सकाईवरी
संगै मिठा कुरा गर्दै घर फिरौला !

सिरसिरे हावा संग सांझ पख
एक छिन अगेनामा सुस्केरा हालौला
मिलिजुली जीवन दुख सुख गरेर
रमाईलो संग बिताउला
राती छोरा संग मुबाईलमा कुरा गरौला
हिजो भन्दै थियो
हरिको साथीले
शहरां ह्यारी भन्छ रे छोरालाई
आज के पो दिबश भन्थें
भान्ताङ्भुन्तुङ भन्या हो कि, कुन्नि ?

हाम्रा हरिले पोहोर सालको साथीसंग होईन रे
अर्कै संग मनाउदै छ रे ।

भन्न आउदैन मलाई,
तै पनि भनी दिएं
ह्यापी भान्ताङ्भुन्तुङ
हरिकी आमा, सुनेकि हौ नि ?

राम्रै त होला नि
मेरा त अर्को पनि साथी छैन
ज्यान प्यारी तिमीबाहेक !

राम्रो चलन होला
हामी पनि मनाउनु पर्छ
बुझिस ! हरिकी आमा ।

आमा निच्च हांस्छे ।

जे सुकै होस
मेरो पनि ह्यापी भालेन्टाईन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button