प्रेम एक भ्रम

विद्या खड्का

आज प्रेम दिवश रे!
चिन्तन गर्दैछु
प्रेम के हो?
कसले कसलाई गर्छ चोखो प्रेम?
आमाले छोराछोरीलाई
अह:
त्यो त डर हो
सन्तान सँग विछोडिनु पर्ला भन्ने
बाबाले गरेको
जिम्मेवारी, आशा,
गूरूले शिष्य लाई
कर्तव्य सही बाटो देखाउने
मनुष्यले जीव जन्तुलाई
प्रेम हैन दया हो त्यो
उसको मनपर्ने सामानलाई
हैन जतन हो त्यो
युवा उमेरका केटाकेटी बीच हुन्छ ?
आकर्षण हो त्यो
कृष्णले राधालाई, शिवले शक्तिलाई
गरेको पो प्रेम हो कि,
मान्दैन मन
ती कथा हुन्
श्रीमान र श्रीमति बीच हुन्छ?
सहयात्राको बन्धन
दाजुभाइ दिदीबहिनी बीच हुन्छ
आवस्यकता हो कि!
मित्रता
स्वार्थ रहित हुन्छ ?
अनि के हो त?

हृदयक‍ो अनन्त गहिराइमा गरिने आभाष
प्रेम
हावाको झोंका
शीतको थोपा
छ्वास्स छुन्छन् अनि बिलाई जान्छन्
जहाँ आशा, भरोसा, ईच्छा, चाहना, हुँदैन
सायद, त्यहाँ हुन्छ प्रेम
जहाँ समर्पण, त्याग हुन्छ
उपलब्धि मात्र हैन, गल्ती पनि स्विकारिन्छ
नजिक हुँदा मात्र हैन
कसैको अस्तित्व रहँदा मात्र हैन
शुन्यमा बिलाउँदा पनि
चिरकालसम्म रहिरहन्छ
त्यहाँ हुन्छ प्रेम
सायदै कोहि कसैले अनुभुत गरेको होला
वास्तविक प्रेम ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button