मलाई निदाउन तिम्रो हातको सिरानी चाहिन्छ

माया

सुशीला नेपाल

मनमा आँधिहुरी चलिरहँदा तिम्रो मिठो बोलीको खाँचो छ
हजार हात मोडिरहँदा तिम्रो न्यानो काखको खाँचो छ
मलाई निद्रा लाग्दैन, तिम्रो हातको सिरानीको खाँचो छ
आइदेऊ मेरो वसन्त बनी वर्तमानमा रमाउन खाँचो छ ।

देखाइदेऊ माया के हो ? स्वार्थीलाई बुझाउन बाँकी छ
रचिदेऊ एक अमर कथा तिमै नाममा जोडिन बाँकी छ
नहोस् देखावटी सम्बन्ध अब मनसँग मन जोडिन बाँकी छ
राज गर मेरो हृदयमा, मात्र तिम्रै नाम रगतमा बग्न बाँकी छ ।

पालुवा पलाइरहँदा त्यसमा तिम्रा कोमल हातले सजाउन
आँशुका ढिक्का खस्दा तिम्रा हातले मेरा मनलाई सम्झाउन
आइदेऊ अब एकपल तिम्रा लागि मेरा आँखाले बोलाउन
आँतुर छ तिम्रो एक झल्को नजर हेरी नियास्रो मेटाउन ।

अतीतका यादले जिउन चल्दो रहेछ आशाले नै समय गल्दोरहेछ
भुल्न सकिनँ ती अमूल्य पल रहेछ कागले नै समाचार पुर्याउँदोरहेछ
आउने आइसके जानी गइसके, अब मात्रै समय अनुसार दिन ढल्नेरहेछ
तिम्रै यादमा मेरा दिन बितिसके, अब केहि समयमा कथा बन्नेरहेछ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button