
आज पनि चुँडिन पुगे कैयौं सुन्दर गुलाफहरु
दि रोज डे
सुष्मा दाहाल
आज पनि चुँडिन पुगे
कैयौं सुन्दर गुलाफहरु
चटक्कै डाली छोडेर
जसरी इतिहासका पानाहरुमा
सुरक्षित भेटिन्छन्
रोज डेका पहेलिहरु ।
प्रेमले सुन्दर फूललाई मात्र
निशाना बनाउँदैन
विशालु काँडालाई पनि
कोमल बनाउने
सामर्थ्य राख्छ ।

हरेक प्रेमीहरुले यत्ति बुझ्ने
सामर्थ्य राखे कि राखेनन् ?
आज
निर्दोष गुलाफ दिएर
आफ्नो हुनेवाला प्रेमीलाई
प्रेमील पर्पोज गर्दैगर्दा ।
आज यहि प्रश्न तेर्सिईरहेछ
दिल अनि दिमागमा
मलाई आशा छ
यो प्रश्न निरुत्तरित नै रहनेछ
र, रहनुपर्छ पनि
अनि यसरी नै लेखिदै जानेछन्
राेज डेका सुन्दर काल्पनिक किस्साहरु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)