
राम नामको कविता फुरेन
अर्जुन दाहाल
राम भन्ने बित्तिकै हामी सबै
वाल्मीकिद्वारा लिखित रामायणको
विष्णुका अवतार कहलिएका रामलाई चिन्दछौं ।
थोरै शास्त्रलाई हेरौँ
वाल्मीकि ऋषि बन्नु अगाडि
एक कुख्यात डाकु थिए
जसलाई नारदले धर्मको पाठ देखाएर
ूमराू शब्द दिए उच्चारण गर्न
अनि उच्चारण गर्दै जाँदा
मरा शब्द राम सुनियो ।

जमदग्नी पुत्र पर्शुरामको नाम पनि
राम नै थियो
जसले हातमा पर्शु लिएपछि
पर्शुराम भन्ने नाम पाए ।
जमदग्नी ऋषि उनै ऋषि हुन
जसको नाम माघे संक्रान्तिको बेला
तरुल खाँदै त्रायुखम शब्द सँग सुनिन्छ
तिलक लगाउँदा ।
देवर्षि नारदले डाकु रत्नाकरलाई
कुन राम को नाम लिन सिकाए
उनैलाई थाहा होला
तर धर्मशास्त्रका अनुसार
दशरथ पुत्र राम
विश्वामित्र, वशिष्ठ आदि ऋषिको
यज्ञका फल थिए ।
दशरथ पुत्र रामका पुत्र लभ र कुश
जसले पुर्व डाकु रत्नाकर
अर्थात महर्षि वाल्मीकिबाट ज्ञान प्राप्त गरे
उनीहरूले हनुमानलाई पनि युद्धमा परास्त गरे
राम आफ्नो पिता भन्ने नजानेको भए
सायद लभ र कुशले
दशरथ पुत्र रामकै पनि राम नाम सत्य पार्नेथे होला
त्यसैले वास्तविक राम को हुन त
यो प्रश्न धर्मशास्त्रमा महत्वपुर्ण छ
अनि यो कविता पनि
राम नामको हुन सकेन ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)