
खानुपर्ने मीठो, छुँदैनौ पिठो

हामी कता जाँदै छौं ?
दुर्योधन वस्नेत
हामीले पिउने पानी र खाना
श्वास समेत खराब छ
नर्सरीबाटै विषादी छर्छौं
जिन्दगी धराप छ ।
खानुपर्ने मीठो, छुँदैनौ पिठो
जङ्कफुडमा मन गयो
ब्यायाम शून्य, तनाब ज्यादा
शरिरै रोग भयो ।
हुनेले खान जानेन कहिल्यै
नहुने भोकै भो
सोच नकारात्मक कुलतले गाँज्यो
संस्कार विग्रंदै गो ।
मानवता शुन्य, विवेक सुन्य
पतन भो नैतिकता
नखाने खायौं नगर्ने गर्यौं
ध्वस्त भो जैविकता ।
तीस बर्षपछि यो देश कता
जाने हो थाहा छैन
चिन्ता र चासो किन्चित पनि
कसैलाई भा छैन ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)