ढिलो चाँडो त्यस्तै हो, देश उस्तै हो

सत्र हाइकु

युवराज घलेभाइ
गान्त‍ोक, सिक्किम, भारत

छेपाराहरु

रङ फेरिरहन्छन्
रङ्गीन हुन ।

ठेउकेहरु

उरन्ठेउला हुन्छन्
नदाएसम्म ।

नजाने बाटो

जानीजानी दौँडिदा
अन्तै पुगिन्छ ।

अर्कै आएछ

झन्डा हल्लिए पनि
गाडी हल्लिन्न ।

अझै बाँकी छ

समाप्तिको भाषण
मायाको चिनो ।

बार्दली बिना

घरै नबन्ने भो’त
‘नो डिजाइन’ ।

डेरा सर्नुछ

ढिलो चाँडो त्यस्तै हो
देश उस्तै हो ।

निम्तो आएछ

मुख मिठयाउँदै छन्
दौरा किन्दै छन् ।

ओठ पोल्छ कि

खिचडी पाक्दैछ रे
अगुल्टो तान्दै ।

जोड-घटाउ

विश्वास अविश्वास
हिसाब मिल्यो ।

परिवर्तन -१

आक्रोशित भनाइ
मान्छेको बोली ।

परिवर्तन -२

समयको हुरी हो
सत्यता बोल्छ ।

परिवर्तन -३

निरङ्कूश शासन
पल्टा खान्छ अवश्य ।

ठूलो समुन्द्र

नूनै नूनको पानी
भो परिवर्तनको व्यवस्थापन ।

टालेको मन

दिनभरि खप्छु
रात बिरोल्छु ।

तिमी आएनौ

गुराँस किन फुल्थ्यो
ओसिलो याद ।

अनन्त यात्रा

तिमी छैनौ साथमा
चिसो कल्पना ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button