लामो श्वास फेर्दै बाले भन्नुभयो, ‘छोरा, तेरो भागमा चैं यति दुख नपरोस् है’

अंशत: (लघुकथा)

दिपक घिमिरे

गरुङ्गो भारी बिसाएपछि लामो श्वास फेर्दै बाले भन्नुभयो, ‘छोरा तेरो भागमा चैं यति दुख नपरोस् है ।’

म के भन्न सक्थेँ र त्यति बेला । भर्खर सावा अक्षर चिन्दै गरेकोलाई के थाहा दुखसुख ।

प्रत्येक दिन मेरो कलिलो उमेरमा बाले आफ्नो कलिलो उमेरको कथा सुनाउनु हुन्थ्यो । लाग्थ्यो, मलाई झुक्याएर कथा बनाई बनाई सुनाउनु भयो ।

भारी बिसाएर मेरो नजिकै आउँदा नमिठो पसिनाको गन्ध आएपछि मैले बालाई सोधेँ, ‘बा, यो पसिना कहाँ किन्न पाइन्छ ?’


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button