विद्रोहको अतीत छ वर्तमान रोल्पासँग, अझै पनि कायमै छ ठूलै शान रोल्पासँग

गजल

गोविन्द श्रृङ्खला

विद्रोहको अतीत छ वर्तमान रोल्पासँग
अझै पनि कायमै छ ठूलै शान रोल्पासँग ।

जेदवाङ गजुलका आफ्नै कथा भए पनि
स्वाभिमान उही उचों पहिचान रोल्पासँग ।

सूदूरका थवाङ र उवा गाउँ सजाउन
योजना र विकासको समाधान रोल्पासँग ।

वडाचौर, गाम स्यूरी सेरम र सिर्प सबै
एकताको सुत्र भित्र स–सम्मान रोल्पासँग ।

उर्वरा त्यो भूमिलाई पसिनाले सिंचेपछि
जस्तो सुकै समस्याको छ निदान रोल्पासँग ।

(२०६८ मंसिरमा रोल्पाको भ्रमणको क्रममा लेखिएको )


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button