
जब पोखराको हेम्जामा बुद्ध सुतिरहेको देखेँ अनि लेखेँ
प्रकृतिको काखमा गौतम बुद्ध
एकता केसी
पुग्न पाएँ खुशीले माया भरिएको गाउँमा
शान्तिका अग्र दूत गौतम सुतेको ठाउँमा ।
आहा कति सुन्दर प्रकृतिको कलाकारिता
लाग्यो मलाई सोधौं नपढे नि पत्रकारिता ।
कौतुहलता चल्यो देख्दा सुतिरहेका बुद्ध
मायाले सुताउने मन उनको कति शुद्ध ।

बुद्ध माथिको आकाश पनि कति भाग्यमानी
उनीबाट उपदेश लिन्छ होला छानीछानी ।
डाँडापाखा हाँसेका ती हरियो पछ्यौरी ओडी
सुन्दरताले मन तान्यो फर्किएँ आँखा छोडी ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)