टुक्रिएको घण्टी

कविता

राजकुमार कार्की
मेची नगरपालिका–१५, झापा

हिजो टिभीमा चिच्याउँदै चिच्याउँदै आवाजले जन्मियो घण्टी
बूढा नेताको के काम भनी चिच्याउँदै घुमथ्यो फनफन्ती
आज रन्थनिएर लडेर ठक्करले टुक्राटुक्रा भएरै गिरेर घुम्दै अनगिन्ती
संसदभित्र छिरेको अपराधीसँग ठोक्किएर भाँचिएछ घण्टी !

हुन त आकाशमा चरासँग ठोक्किएर घुम्थ्यो प्लेन नि फनफन्ती
आखिर जो आए पनि उही है, स्यालको बिहे बिरालो जन्ती
चार करोड ढुकुटीबाट निकली बोकेर जाँदा ठोक्किएर टुक्रियो घण्टी
त्यसैले होला संसदमा अपराधी नदेखेर घुम्दै थियो रे फनफन्ती !

आखिर विधिको विधान हो, यसरी टुक्रिएर समाप्त हुने भयो घण्टी
बाउन्न ठक्कर त्रिपन्न घुस्सा नै खाएर टुक्रिदै सकिने भयो घण्टी
ठक्कर खाँदै खाँदै चोट नै चोट्ले टुक्रिएर एक दिन समाप्ति हुनेछ घण्टी
हिजो चिच्याउँदै आज रिगटाले लडेरै चोट्ले टुक्रिदै समाप्ति घण्टी !


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button