के आमाले जन्माकी हुन् सन्तान विदेश पठाउन ?

कहाँनिर मन बुझाऊँ ?

दुर्गा कार्की

सरकार फेरिन्छ अनि फेरिन्छन् मन्त्री
कत्ति फेरिएन निम्न वर्गको स्थिति ।

न रोकिन्छ विदेशिने युवाको लर्को
न बनाउन तम्सिन्छ नयाँ देश अर्को ।

सत्ताकै लागि देखिन्छ तँछाडमछाड
लिप्त सधैँ कुर्सीकै लागि मन्त्री बनी ।

देश बनाउँछु भन्नेको पनि गफै मात्र
कतै नभएको हाडी गाउँको छ जात्रा ।

देश बनाउलान् र सुख पाउलान् भनी
सन्तानकै भविष्यको चिन्ता मानी मानी ।

जनता हेरिरहे आश बोकी चुनेर नेता
भागबन्डा लाइरहेछन् यता र उता ।

व्यापार, कृषि, उद्योग कलकारखाना
कसले पो पायो खै खाना, छाना, नाना ।

के आमाले जन्माकी हुन् सन्तान विदेश पठाउन र पाखा लाउन ?
कसैले बुझेन नेपालको यो कानुन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button