औंला माग्दै गर्दा हात दिने मेरो मित्रता

मित्रता

रतन साउद

तिम्रो मेरो मित्रता
हाम्रो पुरानो मित्रता
खास खासा मित्रता
तिमी हिउँ म पानी झैंको मित्रता
तिम्रो संगतले हिउँ नै बनिसकेको मित्रता ।

प्रियतमको चोखो मित्रता
बिम्बसँगै प्रतिबिम्ब हिन्ने मित्रता
अगाँलोमा नअट्ने नै हो मित्रता
आगरे आलंकारिक हुने मित्रता
औंला माग्दै गर्दा हात दिने मेरो मित्रता ।

सम्झौता नगर्नु पर्ने मित्रता
भोर अथवा भुल्न नस्किने मित्रता
सिक्काको दुईपाटै बनेको मित्रता
दम र दम्भ दिन बनेको हैन मित्रता
झुक्याएर पोल्टो भर्न नगरेको मित्रता ।

मेरो मित्रता कता हरायौ
कताकता एक्लो बनायौ
मित्रताले छट्पटी बनायौ
मित्रताले औजार बनायौ
मित्रताले साइनो भजायौ
असल मित्रता, किन बद्लियो मित्रता ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button