भौतिक सुख क्षणिक हो भनी बुझ्ने कहिले हो ?
सत्य
बसुधा अधिकारी
उस्तै देखिन्छ अस्तित्व
उस्तै यो सृस्टि पनि
उस्तै छ अस्थिपञ्जर
उस्तै यो चोला पनि ।
एउटै छ सगर शिरमा
त्यो एक्लिएको रवि
एक्लै छ चन्द्र रातमा
झिलमिल तारा भए पनि ।
एउटै छ सत्य अकाट्य
मित्थ्या छायो जगतै भरि
जीवन जिउने वहानामा
क्लेश जन्म्यो मनै भरि ।
तेरो मेरो लुछाचुडी
अशान्ति भद्रगोल भो
भौतिक सुख क्षणिक हो
भनी बुझ्ने कहिले हो ।
विदित नै छ यो सबमा
अन्त नै शुरुवात हो
माया मोहको जालोमा
पर्नु सबै बेकार हो ।
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
Deepika karki