त्यो केवल सालिक थिएन, विशाल नेपालको सुत्रधार थियो

पृथ्वी एक इतिहास

दुर्योधन वस्नेत

कुनै दिन
कथित यो वा त्यो मानेमा
आक्रोश पोखिंदा ऊमाथि
कलाकारिताको उत्कृष्ट नमुना
निर्जिव उसको पत्थरको शरीर
ढल्यो ग्रल्याम ग्रुलुम
चकनाचुर हुँदै
विलिन भयो पुथ्विको गर्भमा
ढाल्नेहरु आत्मरतिमा रमाए
मिशन सफलताको खुसियाली मनाए
र संसार जितेको महशुश गरे
तर त्यो केवल पत्थर थियो
नितान्त निर्जिब पत्थर
फेरि पनि
प्रतीक थियो महान इतिहासको
र त सालिकरुपी पत्थर नष्ट भयो
इतिहास ज्युँ का त्युँ रह्यो
हो त्यहि ईतिहास पुजिदै छ आज
तिनै सालिक ढाल्नेहरुबाटै
सम्मानित भएको छ
किनकी त्यो केवल सालिक थिएन
महान इतिहास थियो
विशाल नेपालको सुत्रधार थियो
एकताको प्रतीक थियो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button