बा केवल एक अक्षरी शब्द हैन रै’छ, बा त शिरको छाना रै’छ, बा आङको नाना रै’छ

शोभा अर्याल भट्टराई

बा केवल एक अक्षरी शब्द हैन रैछ
जसको अर्थ खोज्न परोस्
बा एक व्यक्ति र सम्बन्ध हैन रैछ
जसको अर्थ बाँच्न परोस्
बा त शिरको छाना रहेछ
घाम, पानी, आँधी, हुरी जोगाउने
बा आङको नाना रहेछ
न्यानोपनसँगै आफ्नो आभास दिइरहने
त्यसैले बा नहुँदा केही नभए जस्तै हुने
नरमाइलो लाग्ने यो संसार
सबैका माझ पनि एक्लो भईने
जता हेरे पनि बाकै झल्को लाग्ने
जता आउँछ झल्को बाको उतै हेरुँ लाग्ने
सानातिना कुराले नि मन दुख्ने अति
यति मात्र कहाँ हो र अझै छन् कत्ति कत्ति
चाडपर्व जमघट जान्छु म जता जता
बाकै झल्को मनमस्तिष्कमा लान्छु त्यता त्यता
त्यसैगरी
अरूका बासँगै देख्दा मेरो खाई त ? भन्ने
प्रकृतिको नियम यस्तै आफूलाई पर्दा भुल्ने
सम्झन्छु ती अबोध नानी आमा बा गुमाएका
भएकामै सन्तोष मानी आफूसँगै रमाएका
जन्मेपछि जानै पर्ने संसारकै नियम
सबैलाई समान छ छैन कसैलाई विषम
माया, मोह सम्बन्ध सम्झी यो मन रुझाउँछु
प्रकृतिको नियम सम्झी यो मन बुझाउँछु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button