फक्रिएको फूलमा नि सुवास छैन कि ?
गजल
गोविन्द श्रृङ्खला
काठमाडौ–१४, कुलेश्वर
जिन्दगीको भित्र कतै मिठास छैन कि ?
फक्रिएको फूलमा नि सुवास छैन कि ?
हेर्दा हेर्दै जिवनको रङ्गमञ्च खाली भो,
अनुभूती मीठो हुने आभाष छैन कि ?
के ले छोप्यो खुशीयाली हराभरा मन,
रजनीले नछोपिएको प्रकाश छैन कि ?
सधै उस्तै जेलिएको घाउ पनि उस्तै,
पीडा उडाउने त्यस्तो बतास छैन कि ?
छटपटि भयो भित्र जलिरह्यो आँत,
शितलता दिने हिम कैलाश छैन कि ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)