हिउँदका चिसा दिनहरू, कठिन लामा रातहरू

कविताः सम्झनाको बिस्कुन

पेशल आचार्य

हिउँदका चिसा दिनहरू
कठिन लामा रातहरू
पट्याइ लाग्ने कामका बोझहरू
न कतै जाने फुर्सद हुने
न कसैलाई स्वागत् गर्ने जाँगर हुने
बसेर एकान्तमा
एक्लै एक्लै
चुपचाप चुपचाप
केही जित्नुको फाइदा पनि छैन
केही हार्नुको ग्लानि पनि नहुने
मात्र आफ्नाहरूलाई सम्झेर
दिन बिताउने ।

कहिले पहार ताप्ने
कहिले बिस्कुन सुकाउने
यसैगरी दिनचर्या बितिरहेछन्
सुलुसुलु गर्दै
अनवरत ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button