जब तिम्रो बारेमा किताब लेख्नेछु, तिम्रो मुस्कानलाई गुलाब लेख्नेछु

युवराज घलेभाइ
गान्तोक, पूर्व सिक्किम, भारत

जब तिम्रो बारेमा किताब लेख्नेछु
तिम्रो मुस्कानलाई गुलाब लेख्नेछु ।

लेख्नेछु जब म बेखबरको कारण
तिम्रा आँखालाई सराब लेख्नेछु ।।

गर्लान् सवाल दुनियाँले कहीँ पनि
तिम्रो अंगालोको जवाब लेख्नेछु ।।

लेखेर तिमीलाई माली यो मनको
यसरी तिम्रो प्रेमको प्रभाव लेख्नेछु ।।

यो लेखन, यो खन खन छ्न् छ्नले
मलाई कवि कविलाई यो हावाले बोलायो ।

आज पुरन माशी, शायद त्यो चाँद
यो साहित्यले पुन: फेरि कवि बनायो

कवि ब्रह्म हृदय आदि कवि,
उर्फ ! अङ्गालोको उत्तरले ईशान !
ओ गुरु!
यो मालीले मलाई, हुन सक्छ प्रभाव
सम भावी ! कवयत्रिले नमन गरायो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button