भय शङ्काको पनि हुनसक्छ

कविता: तरङ्ग

लक्ष्मी रायमाझी

कुनै भय
मनको बाटो हुँदै
मुटुभित्र पस्छ नि
थाहा छ के हुन्छ?

भय,
शङ्काको पनि हुन सक्छ
र साँचो यथार्थ पनि,
उही
तरङ्ग नै हो, मन हल्लाउने त!

अनुभूतिको
गहिरो सागरको
के अर्थ रहन्थ्यो होला
तरङ्गै तरङ्गको
मनमोहक छाल
आँखामा दृश्यवान हुँदै
किनारालाई स्पर्श नगरे
को धाउथ्यो सामुद्रिक भ्रमण ?
दूरसम्म
आनन्दलाई तरङ्गित हुँदै
समीपमा अँगाल्न नपाए ?

के प्रेमको परिभाषा
यति सरस
रसिक हुन्थ्यो ?
त्यो नजरको भाव
तरङ्गका स्पर्शी रेसा
मायालु आभासमा
ज्वार बनि
यो मुटुमा नसल्बलाए ?

वाह!
यो तरङ्गको
तार अदृश्य भएर
सबैलाई छोएको छ
समेटेको छ
एउटा जीवनको गतिमा
अनन्त
उत्ताल
तरङ्ग ताल बनेर ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button